उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यकताअनुसार समयसापेक्ष बनाइने बताएका छन्।
मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीमा सिंहले भने, ‘मन्त्रालयले सहरी विकास र व्यवस्थापनसम्बन्धी नीति आवश्यकताअनुसार समयसापेक्ष बनाउँछ।’
सहरी विकास मन्त्रालयले सहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि उनले बताए।
फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले निराशा बढेपछि केही काम गर्नका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताए।
‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार गठन गरेको हो,’ उनले भने।