सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख नजिर मियाले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्रीले शपथ ग्रहण गरेलगत्तै ६ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्।
कांग्रेसबाट बहादुरसिंह थापाले आर्थिक मािमिला मन्त्री र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको सपथ लिए।
एमालेबाट हिरा सार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री, सुरेन्द्र पालले भौतिक पूर्वाधार मन्त्री र वीरबहादुर थापा पातलले भूमि व्यवस्था तथा कृषि मन्त्रीको शपथ लिए।
नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिए।
मन्त्रीहरूको शपथपछि मुख्यमन्त्री शाहले राज्यमन्त्रीहरूलाई शपथ गराए।
कांग्रेसबाट प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री र एमालेकी निर्मला साउदलाई मुख्यमन्त्री शपथ गराएका हुन्।
नेपाली कांग्रेस संसदीय दल नेता आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए।