नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ।
आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइए पनि बैठक सुरू हुन ढिलाइ भएको छ।
मुख्यमन्त्रीमा संसदीय दल नेता कमलबहादुर शाहलाई अघि सार्ने निर्णय गर्न संसदीय दल बैठक बोलाइएको हो।
तर बैठकमा सबै सांसद उपस्थित नभएका कारण सुरू हुन सकेको छैन।
संसदीय दल बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे पनि छलफल हुनेछ।
अहिलेसम्म सरकारमा नगएकाहरूलाई मन्त्री बनाएर पठाउने तयारी गरिएको एक सांसदले जानकारी दिए।
सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।
कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन्।
मुख्यमन्त्रीमा शाहले आइतबार नै दाबी पेस गर्ने तयारी गरेका छन्।