कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ लिएकी छन्।
बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण लिएकी हुन्।
सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनियताको शपथग्रहण गराएका हुन्।
आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन्।
शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने बताइन्।