अमिक शेरचन लुम्बिनी प्रदेश प्रमुखबाट बिदा भएका छन्।
प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुधबार प्रदेश प्रमुख शेरचनलाई बुटवलस्थित कार्यालयमा पुगेर बिदाइ गरेका हुन्।
बिदाइ गर्दा सभामुख घर्तीले शेरचनलाई पाल्पाली ढाका टोपी, करुवा र प्रदेशको ऐनसंग्रह उपहार दिएका थिए।
सोमबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख शेरचनसहित तीन जनालाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
मन्त्रिपरिषद बैठकले शेरचनको ठाउँमा रोल्पाका कांग्रेस नेता कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख बनाउने निर्णय गरिसकेको छ।
नयाँ प्रदेश प्रमुखको शपथ भने भइसकेको छैन ।
प्रदेश प्रमुख फिर्ता गर्ने निर्णयपछि शेरचनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी असन्तुष्टी व्यक्त गरेका थिए।
पढ्नुस्ः प्रदेश प्रमुख हटाउनु संविधानको अवहेलना हो: अमिक शेरचन