परराष्ट्रमन्त्री आरजु राणा देउवाले राहदानी विभाग निरीक्षण गरेकी छन्।
बुधबार परराष्ट्रमन्त्री राणाले काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अवलोकन गरेकी हुन्।
परराष्ट्रमन्त्री राणाले राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ।
सो क्रममा उनले राहदानी सेवा लिन आएका सेवाग्राहीहरूसँग केही समस्या छन् कि भनेर जिज्ञासासमेत राखेकी थिइन्।
तस्बिरहरू: