सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्।
मंगलबार समितिले सहकारी अभियन्ताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन्।
उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरूको आर्थिक अवस्था राम्रो रहेको बताए।
उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको बताए।
सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताए।
उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए।
उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए।
उनले समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए।
उनले १२ वटासम्म एउटै मानिसको नाममा सहकारी दर्ता गरिनु खोजीको विषय भएको बताए। उनले सहकारीमा देखिएको अहिलेको गम्भीर समस्या सहकारी अभियन्ताहरूको पनि असफलता भएको बताए।—न्युज एजेन्सी नेपाल