सहकारी संस्था बचत रकम दुरूपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समिति सदस्यमा नेपाली कांग्रेसले दिलेन्द्रप्रसाद बडूलाई पठाएको छ।
समितिका सदस्य रहेका कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे पर्यटन मन्त्री भएपछि रिक्त ठाउँमा सांसद बडूलाई पठाइएको हो।
गत जेठ १५ गते प्रतिनिधि सभाले सहकारी बचत ठगीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो। नेकपा (एमाले) का सांसद सूर्य थापाको सभापतित्वमा सात सदस्यीय समिति गठन भएको थियो।
यो समितिले २९ सहकारीबारे छानबिन गर्दैछ।