सरकारले पाँच देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ। त्यस्तै १८ देशमा नयाँ राजदूत सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सरकारले अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका कैलाशराज पोखरेल, रूसका मिलन तुलाधर, श्रीलंकाका वासुदेव मिश्र र दक्षिण अफ्रिकाका राजदूत दानबहादुर तामाङ फिर्ता बोलाइएका हुन्।
यस्तै अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ।
सरकारले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिने भएको छ।
अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका एक मन्त्रीले बताए।
त्यस्तै दक्षिण कोरियामा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाङ्फे र मलेसियामा नेत्र तिमल्सिना सिफारिस भएका छन्।
चीनमा कृष्णप्रसाद ओली र जर्मनीमा शैल रूपाखेती सिफारिस भएका छन्।
पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ सफारिस भएका छन्।
स्पेनमा सनिल नेपाल र साउदी अरबमा नरेश विक्रम ढकाल सिफारिस भएका छन्।
इजरायलमा धनप्रसाद पण्डित र पोर्चुगलमा प्रकाशमणि पौडेल सिफारिस भएका छन्।
यस्तै अस्ट्रेलियामा कान्ता रिजाल सिफारिस भएकी छन्।