संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफलका लागि कार्यदलको बैठक बस्ने भएको छ।
सोमबार बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्री रमेश लेखकको कार्यकक्षमा बैठक बस्न लागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
विधेयकमाथि सहमति जुटाउनका लागि बैठक बस्न लागेको हो।
यसअघि गत शुक्रबार पनि बैठक बसेको थियो। संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी थिए।