नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आइतबार मध्याह्नपछि बैठक सुरु भएको हो।
यसअघि शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले सत्ता समीकरण फेरबदल भएपछिको राजनीतिक परिस्थितिको ब्रिफिङ र कार्यादेश गरेका थिए।
चार घन्टा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नी सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिव राम कार्की, चक्रपाणी खनाल लगायतले धारणा राखेका थिए।
बाँकी पदाधिकारीहरूले आजको बैठकमा धारणा राख्नेछन्।
पदाधिकारी बैठकबाट वैचारिक र सांगठानिक सुदृढीकरणबारे मार्गचित्र तयार गरी त्यसलाई स्थायी कमिटीमा बृहत छलफल गर्ने र केन्द्रीय समितिमा लैजाने माओवादी केन्द्रको तयारी छ।
हेर्नुस् बैठकका तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।