अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र) का सांसदबीच भनाभन भएको छ।
बिहीबारको समिति बैठकमा सभापति यादवले सांसद किरातीलाई बोल्न समय दिएका थिए।
बैठकमा सांसद किरातीले १२ मिनेटभन्दा बढी समय बोलिसकेपछि एमसिसीबारे धारणा राख्न थाले। सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरूमा जान आग्रह गरे। सभापतिको आग्रहपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए।
सभापति यादव र सांसद किरातीबीच भएको सवालजबाफ जस्ताको तस्तैः
सुदन किरातीः ....हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसिसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश। सडकमा रक्तपात भयो, राँके जुलुस भयो। देश आन्दोलित भयो। सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ। ...
सभापतिः मान्य ज्यू एक पटक समयको ...
सुदन किरातीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौं न।
सभापतिः टेक्निकल कुरा राखौं।
सुदन किरातीः टेक्निकल त म कसरी राखौं, राजनीतिक मान्छे।
सुदन किरातीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहिँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ? म सक्दिनँ नि त। विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यू। कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ। म त जान्दिनँ टेक्निकल्ली। म त पाइलट पनि परिनँ।
सभापतिः यहाँ टेक्निकल विषयमा बहस हुने हो।
सुदन किरातीः राजनीतिक मान्छेले के गर्छ त?
सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौं न।
सुदन किरातीः केमा गर्दैछु त म।
सभापतिः तपाईं राजनीति ...
सुदन किरातीः सभापतिज्यू तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु।
सभापतिः त्यही गरौं न त। समय यहाँ कम छ।
सुदन किरातीः एजेण्डा किन राख्नुभएको त?
सभापतिः कुरा राख्नु त भयो नि। विषयमा अलिकति केन्द्रित होऊँ न।
सुदन किरातीः म विषयभन्दा कसरी बाहिर गएँ? तपाईंले पो बुझ्ने समस्या भयो त यो।
सभापतिः मान्यज्यू तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ। तपाईंले यहाँ....
सुदन किरातीः तपाईं यहाँ दोहोर संवाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने।
सभापतिः तपाईं यहाँ .....
सुदन किरातीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?
सभापतिः तपाईंलाई...
सुदन किरातीः तपाईं हठी कि म हठी ?
सभापतिः म कुरै।
सुदन किरातीः फेरेर कुरा गर्नुहुन्छ।
सभापतिः तपाईं समयलाई ध्यान दिनु।
सुदन किरातीः सभापतिज्यू कोर्डिनेसन गर्नुस्।
सभापतिः होइन, समयलाई त ध्यान दिनु...
सुदन किरातीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४/४ वटा गर्नुभयो त।
सभापतिः किन गरिँदैन?
सुदन किरातीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ?
सभापतिः विषयमा राख्नुस् न।
सुदन किरातीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको।
सभापतिः विषयमा राख्नुस् न।
सुदन किरातीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो। अरू माननीय जतिले त मैले बोलेकै छैन त। ठिक छ मन्त्रीज्यू म बोलिनँ।
सुदन किरातीः तपाईंको पनि ....टेप लाएर...
सभापतिः मान्य हरि उप्रेतीलाई ....
हरि उप्रेतीः कारण कसले पहिल्याउने? थोत्रा प्लेनको, पाइलटको, को पाइलटको कारण कि, गुगलको कारण। यो विषय पहिला छुट्याउन जरूरी छ जस्तो लाग्छ मलाई।
सुदन किरातीः सभापतिज्यू म लागेँ। तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद।
हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौं मान्यज्यू।
सुदन किरातीः म बस्दिनँ।
हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति।
सुदन किराती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्यो नि।
हरि उप्रेतीः राख्नुभयो त। त त्यत्रो...
सुदन किरातीः तपाईंले मलाई रूलिङ गर्ने कि उहाँले गर्ने? तपाईं फेरि रूलिङ गर्न थाल्ने?
सांसदहरू: बसौं न मान्य ज्यू।
हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त।
सुदन किरातीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो?
सुदन किरातीः म त छोट्याउँदै थिएँ।
सभापतिः यसलाई कन्टिन्यु गरौं।
सुदन किरातीः अरूलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने!
सभापतिः बसौँ बसौँ ।
सुदन किरातीः म थोडी इन्जिनियर पढेको हो। म राजनीति गरेर आएको हो।
सुदन किरातीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस्।
सुदन किरातीः तपाईं दाइने झर्यो कि देब्रे झर्यो हेर्नुस्। कस्तो बोल्न दिनुहुन्न।
सभापतिः हरि उप्रेतीज्यू बोल्नुस्।