राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक पार्टी कार्यालय चःमतिमा जारी छ।
बिहान ११ बजेदेखि बसिरहेको बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा विभाग प्रमुख मनोनयन, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे छलफल भइरहेको झाले बताए।
त्यस्तै बैठकमा कर्णाली विशेष अभियान, प्रदेश अभिमुखीकरण र जिल्ला बैठकबारे पनि छलफल जारी छ।
आजको बैठकले सल्लाहकार परिषदमा मनोनयन गर्नेबारे पनि निर्णय गर्ने उनले बताए।
केन्द्रीय विभागको बाँकी रहेको मनोनयनबारे छलफल र अनुमोदन गर्ने कार्यसूची रहेको उनले बताए।