राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ।
बैठक पार्टी कार्यालय चःमतिमा बिहान ११ बजे बस्ने केन्द्रीय सदस्य सन्तोष परियारले जानकारी दिए।
केन्द्रीय समिति बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल हुने उनले बताए।
आजको बैठकमा पार्टीको विभागहरूलाई पूर्णता दिने विषयमा छलफल हुने परियारको भनाइ छ।
‘हाम्रा केही विभागहरू रिक्त रहेका छन्। ती विभागहरूले पूर्णता पाउनेछन्,’ उनले भने, ‘आजको बैठकमा पार्टीको गतिविधिबारे मिहीन छलफल गर्ने तयारी गरेका छौं।’
रास्वपाको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न कार्यदल बनाएको थियो। निलम्बित महामन्त्री डा. मुकुल ढकालसमेत त्यसमा रहेका पुनःगठन गर्न लागिएको परियारले बताए।
‘आजको बैठकमा हामी विधान संशोधन कार्यदल पुनःगठन गर्नेछौं,’ उनले भने।
यसका अतिरिक्त आजको बैठकमा पार्टीको प्रदेश र जिल्ला तहका समितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने उनले बताए।