प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थल पुगेको उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
बुधबार सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। जहाजका क्याप्टेन मनीष शाक्यको उपचार भइरहेको छ।
एयरलाइन्सका कर्मचारी लिएर नियमित प्राविधिक परीक्षणका लागि जहाज पोखरातर्फ जाँदै थियो।
धावनमार्ग छोडेलगत्तै विमान दुर्घटनामा परेको बताइएको छ। क्याप्टेन श्रेष्ठको उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो। बोल्न सक्ने अवस्थामा रहेका उनको उपचार भइरहेको छ।
विमानमा दुई जना चालक दलका सदस्यसहित १९ सवार थिए।