प्रतिनिधि सभा बैठकले तीन वटा विधेयक पारित गरेको छ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकले तीन वटा विधेयकहरूलाई पारित गरेको हो।
प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ।
यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ।—न्युज एजेन्सी नेपाल