वैशाख १५ गते बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा भएको उपनिर्वाचनको मतपरिणाम आएको छ।
नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। भण्डारीले ११ हजार ६ सय १३ मत ल्याएका छन्।
यहाँ ११ जना उम्मेदवार थिए।
बझाङ प्रदेश सभा चुनावमा दलहरूले गठबन्धन गरेका थिएनन्, एक्काएक्लै प्रतिस्पर्धामा उत्रिएका थिए।
२०७९ को चुनावमा गठबन्धन गरेर यहाँ नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएको हो।
गठबन्धन गरेर जितेको क्षेत्र कांग्रेसले एक्लाएक्लै चुनाव लड्दा हात पार्न सकेन। यहाँ चुनाव जितेसँगै सुदूरपश्चिम प्रदेश सभामा एमालेको एक सदस्य थप भएको छ।
बझाङमा कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत ल्याए। सिंहभन्दा एमालेका भण्डारीले २६७ मत बढी ल्याएर चुनाव जितेका हुन्।
माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३८३१ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्। यहाँ २९७०५ मत सदर भएको थियो।
सबैभन्दा कम कमल घर्तीमगरले २ मत मात्रै ल्याएका छन्।
यो हेर्नुहोस्: