इलाम–२ को उपचुनाव अन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) ले ४५२३ मतले अग्रता लिएको छ।
माई नगरपालिकाको वडा नम्बर ७ गनिसक्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १२ हजार ४०५ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ८८२ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम रहेका छन्। उनले ७ हजार ७६८ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले १ हजार ६३६ मत प्राप्त गरेका छन्।
इलाम–२ मा अहिलेसम्म फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ र माइ नगरपालिकाको ६ र ७ नम्बर वडाको मत गणना भइसकेको छ।
अहिलेसम्म त्यहाँ ३० हजार ५६३ सदर मत गणना भएको छ।
१ लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए। इलाममा अहिलेसम्म २९ हजार १५२ सदर मत गणना भएको छ।
२०७९ को चुनाव यस क्षेत्रमा एमाले उम्मेदवार सुवास नेम्वाङले जितेका थिए।