बझाङको प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ।
अहिलेसम्म ३९ वडाको मत गणना गरिसकिएको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंह अगाडि छन्। सिंहले ९४६८ मत ल्याएका छन्।
नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीले कांग्रेसका सिंहलाई पछ्याइरहेका छन्। भण्डारीले ९३४३ मत ल्याएका छन्। यहाँ कांग्रेसका सिंह एमालेका भण्डारीभन्दा १२५ मतले अगाडि छन्।
माओवादीका जनक बुढाले ३५८७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३७३ मत ल्याएका छन्। बझाङको यो क्षेत्रमा ५० वटा वडा छ।
अहिलेसम्म सदर मत २५१४२ छ।
२०७९ को चुनावमा गठबन्धन गरेर यहाँ कांग्रेसले जितेको थियो।