नेकपा एमालेले चितवनमा हुने दसौं राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनौट गरिरहेको छ।
शनिबार नै प्रतिनिधि छनौट गरी कात्तिक ३० मा केन्द्रलाई जानकारी गराइसक्नुपर्ने भए पनि केही ठाउँमा प्रतिनिधि छनौट गर्न बाँकी नै छ।
रूपन्देही क्षेत्र नम्बर १ मा निर्वाचनबाट प्रतिनिधि छनौट गरिएको छ।
यज्ञ गैरे, ध्रुव खरेल, कृष्ण न्यौपाने, ऋषिराम सापकोटा, विद्यालक्ष्मी गुरुङ र जागेश्वरी चौधरी निर्वाचित भएको एमालेले जनाएको छ।
आवश्यक प्रतिनिधि संख्याभन्दा झण्डै पाँच गुणा बढीले मनोनयन दर्ता गरेको क्षेत्र नम्बर २ मा भने सर्वसम्मत चयन गरिएको छ।
उम्मेदवारी दिएकाहरूले सहमति पत्रमा हस्ताक्षर गरेपछि सर्वसहमति रूपमै प्रतिनिधि चयन गरिएको एमालेले जनाएको छ।
खुल्लातर्फ पार्टी जिल्ला अध्यक्ष एवं बुटवलका मेयर शिवराज सुवेदी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, नगर प्रमुखहरु बासुदेव घिमिरे र चित्रबहादुर कार्की, प्रचार विभाग प्रमुख मोहन चापागाई, बावुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य प्रतिनिधि भएका छन्।
त्यस्तै महिलातर्फ गोमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी छनोट भएको एमाले जिल्ला अध्यक्ष सुवेदीले सेतोपाटीलाई बताए।
जिल्लाबाट सबैभन्दा बढी प्रतिनिधि छनोट हुने क्षेत्र नम्बर २ मा मात्रै ५२ जनाले मनोनयन दर्ता गरेका थिए।
अरु क्षेत्रमा प्रतिनिधिको नतिजा सार्वजनिक भई नसके पनि दलित समुदायबाट भने कमलादेवी बिश्वकर्मा, जोगलाल बिश्वकर्मा र सुरेन्द्र श्रीविश्वकर्मा चयन भएका छन्।
साथै कपिलबस्तुको क्षेत्र नम्बर ४ मा शनिबार राती अबेरसम्म सहमतिको प्रयास भएको थियो। ३ वटा निर्वाचन क्षेत्रबाट भने सहमतिमै १८ जना प्रतिनिधि चयन भएका छन्।
जसअनुसार क्षेत्र नम्बर ३ मा उपेन्द्र खनाल, टोपलाल पोखरेल, मेहताव आलम र कमला भुसाल छानिएका हुन्। क्षेत्र नम्बर २ बाट पनि सहमतिमै बाबुराम खनाल, टेकराज पौडेल र आजाद अहमद दर्जी र महिलातर्फ लक्ष्मी न्यौपाने चयन भएका छन्।
क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष झविलाल पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, डम्मर शर्मा, विश्राम चौधरी, घरभरन यादव र विश्व कार्की सर्वसम्मत प्रतिनिधि भए।
महिलातर्फ प्रभा पौडेल र शान्ता पाण्डे छनौट भएको प्रदेशसभा सदस्य समेत रहेका पन्थीले बताए । यस्तै दलित समुदायबाट शान्तिदेवी हरिजन र सिबी गहतराज सर्वसम्मत चयन भएका छन्।
यस्तै गुल्मीबाट पनि सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको एमाले गुल्मीले बताएको छ।
जसअनुसार मधुकृण्ण पन्थ, बालसिंङ काउछा, सोमनाथ सापकोटा, धर्म बिश्वकर्मा, अमर सिंजापति, कृण्ण भुसाल र प्रेम पराजुली, रितबहादुर थापा, चक्रबन्धु भुसाल र खिमानन्द पाण्डे चयन भएका छन्।
महिलातर्फ नर्मदा भण्डारी, लक्ष्मी पन्थ, सीता भण्डारी र ललिता गौतम चयन भए। दलितबाट जंग नेपाली, कृण्ण सुनार र जुना विश्वकर्मा चयन भएका छन्।
महाधिवेशन प्रतिनिधिको लागी पाल्पाबाट १६ जना निर्विरोध चयन भएका छन्। पाल्पा क्षेत्र नम्बर १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कंडेल, देवीलाल लामिछाने, विमल प्रसाद काफ्ले, कुविजा अर्याल, सरस्वती भट्टराई चयन भएका छन्।
क्षेत्र नम्बर २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा र गीता पाण्डे चयन भएका छन्। उत्पीडिततर्फ ठाकुर लोहागुन र दिपक विश्वकर्मा चयन भएको पार्टी जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताए।
अर्घाखाँचीबाट सर्सम्मत रूपमा प्रतिनिधि छनोट गरिएको जिल्ला अध्यक्ष चेत नारायण आचार्यले बताए। जसअनुसार आचार्यसगै रामजीप्रसाद घिमिरे, जाल्पा भुसाल, जनार्दन खनाल, पिताम्बर भुसाल, कुटमदिन अलि, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, लिलबहादुर बिक र प्रमिला क्षेत्री छनोट भएका छन्।
खगिश्वर पन्थी, भोजवहादुर गन्धर्व, कासिराम आचार्य, बिजुला रायमाझी, विष्णुमाया आचार्य तथा दलित, उत्पीडिततर्फ शिवकला विक, लिलबहादुर बिक र भोजबहादुर गन्धर्व छनोट भएको जिल्ला अध्यक्ष आचार्यले बताए।
यस्तै पश्चिम नवलपरासीले मतदानबाट प्रतिनिधि चयन गरेको छ।
आवश्यक संख्याभन्दा धेरैले प्रतिनिधिको लागि मनोनयन दर्ता गरेपछि निर्वाचन प्रक्रियाबाट प्रतिनिधि चयन गरेको हो।
जसअनुसार निर्वाचन क्षेत्र १ बाट दिपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, रामप्रसाद अर्याल र बद्रीनाथ खनाल चयन भएका छन्। महिलातर्फ सरिता खनाल र शिन्धु जलेशा निर्वाचित भएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल तथा महिलातर्फ बिमला अर्याल र लक्ष्मी क्षेत्री निर्वाचित भएको बर्दघाट नगरपालिकाका मेयर समेत रहेका धिरज शर्मा बस्यालले जानकारी दिए।
दलित समुदायतर्फ भने तुलसी पासी र राज हरिजन सर्वसम्मत रूपमा चयन भएको एमालेले जनाएको छ।