बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकानजिकै अड्किएका सात सय नेपाली नेपालगन्ज आइपुगेका छन्।
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले नाका रहेका ४० जिल्लाका सात सय नागरिकलाई शुक्रबार बिहान २ बजेसम्म उद्धार गरिएको जानकारी दिइन।
भारतबाट नेपाल फर्किएकामध्ये सबैभन्दा धेरै कर्णालीका छन्। झापा, गोरखा, स्याङ्जा, दोलखा, नुवाकोट, दाङ, सल्यान, रोल्पालगायत जिल्लाका छन्।
शुक्रबार उनीहरूको आरडिटी परीक्षण थालिएको छ। परीक्षण गरिएकामध्ये अहिलेसम्म तीन जनामा कोरोनाको एन्टिबडी देखिएको उपमेयर थापाले जानकारी दिइन्।
‘भारतमा अलपत्र परेका र त्यहाँको क्वारेन्टिनमा बसेकाहरूलाई उद्धार गरेर स्वदेश फर्काइएको हो,’ थापाले भनिन्।
भारतको बहराईच लगाएतका जिल्लाहरुको क्वारेन्टिनमा एक डेढ महिना बसेर अलपत्र परेकालाई उद्धार गरिएको उनले जानकारी दिइन्।