पूर्वराजा ज्ञानेन्द्र शाह २२ गते भारत जाने भएका छन्।
उनको निजी सचिवालयले उडिसामा शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीको पट्टाभिषेक महोत्सवमा सहभागी हुन जान लागेको जनाएको छ।
उनी भारतमा कति दिन बस्छन्? कहिले फर्कन्छन्? भन्ने खुलाइएको छैन। उनी १० दिनसम्म भारतमा रहने कार्यक्रम छ।
पूर्वराजा शाह काठमाडौंबाट दिल्ली नगई सिधै कलकत्ता जाने कार्यक्रम छ। केही हप्ताअघि पश्चिम नेपालको भ्रमणमा रहेका शाह स्थलमार्गबाट लखनऊ पुगेका थिए।
त्यहाँ उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।