जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित नेपाली कांग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।
आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर घरमा बम राख्न लागेको बेला आफ्नै बुबाले देखेपछि ती समूह बम फालेर भाग्दा विष्फोट भएको उम्मेदवार कार्कीले बताए।
बम विष्फोटनबाट कार्कीको गोठमा रहेको एक भैँसी र गाई घाइते भएपनि मानवीय क्षति भने भएको छैन। जिल्ला प्रहरी कार्यालयको टोली बिहानै घटनास्थलमा पुगेर अध्ययन गर्दा रेडबुलको बट्टालाई बम बनाएर पड्काएको पाइएको बताइएको छ।
अहिले बम पड्काउने शंकास्पद व्यक्ति र लुक्ने क्षेत्रमा सम्भावित सम्बन्धित व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज भट्टले बताए।