पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको रत्न मावि मतदान केन्द्रमा मंसिर २१ गते पुनः मतदान हुने भएको छ।
मतदान केन्द्रमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फको मतपेटिका पूर्ण रुपमा जलाएका थिए।
मतपेटिकामा एसिड खन्याएर आगो लगाइएपछि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतदान स्थगित भएको थियो।
६७२ जना मतदाता रहेको सो केन्द्रमा आगलागीपछि बसेको सर्वदलीय बैठकले पुनः मतदान गराउने निर्णय गरेको मतदान अधिकृत नन्दलाल महतोले बताएका छन्।
घटनामा संलग्न तीनजनालाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा लिइएको रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताएका छन्।