पुत्र प्रकाश दाहालको निधन भएको दुई दिनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल मंगलबार चुनावी सभामा सरिक हुने भएका छन्।
उनको निजी सचिवालयका अनुसार आइतबार प्रकाशको निधनको खबर सुनेर काठमाडौं फर्किएका दाहाल सोमबारसम्म यतै बस्नेछन्। उनी मंगलबार भरतपुर बसपार्कमा हुने चुनावी सभामा सरिक हुनेछन्।
चुनावी सभालाई दाहालले सम्बोधन गर्ने/नगर्ने अझै टुंगो नलागेको उनको सचिवालयका मनहरि तिमिल्सेनाले जानकारी दिए।
माओवादी केन्द्रले मंगलबार देशभरिका सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने निर्णय गरेको छ।