भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको निधनमा दुःख व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले दाहालको असामयिक निधनले आफू दुखित भएको बताएकी छन्। ‘शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना छ,’ स्वराजले लेखेकी छन्।
दाहाल पुत्र प्रकाशको हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो।