आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनमा सहभागी हुन जान लाग्नुभएका सबै नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गर्दछु। जहाँसम्म राप्रपालाई किन भोट हाल्ने भन्ने प्रश्न छ, म यसमा के प्रष्ट निवेदन गर्न चाहन्छु कि, नेपालको राजनीतिमा राप्रपा एउटा अलग र सुस्पष्ट विचार बोकेको वैकल्पिक राजनीतिक शक्ति हो। २०६२ साल मंसिरमा भएको बाह्र बुँदे सम्झौता, र ६२/६३ सालपछि भएको परिवर्तनलाई संस्थागत गर्ने नाममा प्रमुख राजनीतिक दलहरूबाट अवलम्बन गरिएको नीति मार्गचित्र वैकल्पिक विचार नीति र मार्गचित्रसाथ साथ राष्ट्रिय राजनीतिमा राप्रपा उपस्थित भएको छ। त्यसर्थ वर्तमान अवस्थामा राप्रपा मुलुकले भोगेको संकट समाधानको उपयुक्त विकल्प हो।
दोस्रो अहिले देशमा तीव्र राजनीति ध्रुवीकरण भएको छ। कम्युनिष्ट पार्टीबीच चुनावी तालमेल मात्र होइन पार्टी एकताकै घोषणा भएको छ। यसल मुलुकमा एक किसिमको संसय र सन्त्रास फैलिएको छ। यो अवस्थालाई सम्भावित साम्यवादी अधिनायकवादलाई वैचारिक रुपमा समाना गर्न राजा महेन्द्रको राष्ट्रवाद र विपी कोइरालाको समाजवाद उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता छ। यही मान्यतालाई बोकेर हिँड्ने नेपालको एकमात्र पार्टी राप्र्रपा हो।
तेस्रो, राप्रपामा खारीएका इतिहासका विभिन्न कालखण्डको परिक्षामा उतीर्ण भएका भरोसा गर्न सक्ने योग्य नेता र कार्यकर्ता रहेका छन्। राप्रपाले मुलुकको विद्यमान संकट समाधानका लागि आगामी निवार्चनको लागि घोषणापत्र सार्वजनिक गरेको छ।
राप्रपाले स्पष्टरुपमा, एकवाक्यमा भन्ने हो भने, संविधानको परिधिमा रहेर सनातन हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन पद्धति बोकेको धार्मिक समानता र स्वतन्त्रतासहितको राजसंस्थाको लोकतन्त्र, उदार र खुल्ला बजारतन्त्र राप्रपाका मुख्य वैचारिक आधार स्तम्भ भनेको परिवर्तनकारी पक्षलाई पनि चित्त बझ्ने, असंलग्न परराष्ट्र नीति राप्रपाको प्रमुख वैचारिक आधारस्तम्भ हो। यिनैबाट राप्रपाले सर्वाङ्गीण विकासको निम्ति आगामी पाँच वर्षको लागि कृषि पर्यटन, जलस्रोत र पूर्वाभार विकासलाई प्राथमिकतामा राखेको छ। यसका लागि हामीले दीर्घकालिन योजना बनाएका छौं। राप्रपाले गरिबी विवारणलाई अर्को प्राथमिकता दिएको छ। यसका लागि ५ प्रमुख प्राथमिकता निर्धारण गरेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधार र विकास, गरिबी निवारणको प्रमुख आधार हुन्।
यो पनि हेर्नुहोस्मुलुकको विद्यमान विकराल बेरोजगारी समस्या समाधान गर्न हामीले निश्चित कार्ययोजना बनाएका छौँ। जसमा ५ वर्षमा सामान्य रोजगारीको लागि विदेश जान नपर्ने अवस्था र देशमै रोजगारीको सृजना गर्ने हाम्रो पार्टीको लक्ष्य रहेको छ। साथसाथै १० वर्षमा न्युनतम १० हजार मेगावाट विद्युत् निकाल्ने र नेपालमा कहिले लाडसेढिङ नहुने योजना पनि बनाएको छ।
राप्रापाले काठमाडौं निजगढ फास्टट्रयाक निमार्ण, सुरूङमार्ग निमार्ण, काठमाडौं जुम्ला सडक र राष्ट्रिय राजमार्गको निमार्ण साथै जलमार्ग, रेलमार्गको निमार्ण पनि आफ्नो उच्च प्राथमिकतामा राखेको छ। राप्रपा सनातन हिन्दु राष्ट्र स्थापना गर्न चाहन्छ।
म आदरणीय नेपाली मतदाताहरूलाई के निवेदन गर्न चाहन्छु भने, राप्रपा मुलकुमा सबै धर्मका बीचमा समानता र स्वतन्त्रका साथ हिन्दु राष्ट्र स्थापना गर्न चाहन्छ। तर राप्रपाले यही चुनावबाट यो ऐजेण्डालाई स्थापित गर्छ भनेर हामी दावी गर्न सक्दैनौं तर यो ऐजेण्डालई जीवित राख्दै सडक र सदनबाट राप्रपाले आगामी ५ वर्षमा हिन्दु राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गर्दछ। राप्रपाले प्रत्यक्षमा केवल ५ स्थानमा मात्र उमेद्वारी दिएको छ। यो ५ वटैमा हामी जित्ने लक्ष्य राख्दछौँ।
सपालि राप्रपाले समानुपातिकलाई विशेष प्राथमिकता दिएको छ। यदि नेपाललाई धार्मिक समानतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना गर्न चाहनुहुन्छ भने, र चुनावी लोकतन्त्रभन्दा माथि उठेको एउटा साझा संस्था चाहिन्छ भने, राष्ट्रिय एकता–अखण्डतालाई संरक्षित गर्न चाहनुहुन्छ भने, यदि तपाईँ लोकतन्त्र स्थापना गर्न चाहनुहुन्छ भने, आर्थिक विकास गर्न चाहन्नुहुन्छ भने तपाईँको एक भोट राप्रपाको गाई चिन्हमा समानुपातिकमा दिनुहुन म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। धन्यवाद।
https://www.youtube.com/watch?v=1xc0JnKMyI0&t=1s