आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षालगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ।
मतपत्र सहितका निर्वाचनसम्वन्धी सम्पूर्ण सामग्री सुर्खेतबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए।
निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र मर्यादित वनाउन, म्यादी प्रहरी, सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेना जिल्लाका ६६ वटै मतदान केन्द्रमा खटाउने तयारी भइरहेको बताइएको छ