कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूल मूल्य सार्वजनिक गरेको छ।
मूल्यसूची अनुसार केही तरकारीको भाउ घटबढ भएका छन् भने केहीको स्थिर छ।
तने बोडीको भाउ किलोमै ४० रूपैयाँ महँगिएको छ।
शनिबार १२० देखि १३० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको तनेबोडीको भाउ आइतबार प्रतिकिलो १६० देखि १७० रूपैयाँ तोकिएको छ।
आइतबार भारतीय ठूलो गोलभेडाको भाउ स्थिर रही ९० देखि १०० रूपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।
सानो लोकल गोलभेडाको भाउ पनि ६० देखि ८० रूपैयाँ प्रतिकिलो छ। शनिबार सोही मूल्यमा यसको कारोबार भएको थियो।
टनेलको सानो गोलभेडाको भाउ आज १५ रूपैयाँ घटेको छ। शनिबा १०० देखि १२० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको टनेलको सानो गोलभेडाको भाउ आइतबार ८५ रूपैयाँदेखि ११० रूपैयाँ तोकिएको छ।
त्यस्तै रातो आलुको भाउ किलोमा ५ रूपैयाँ बढेको छ। शनिबार ७० देखि ८० रूपैयाँ प्रतिकिलो मूल्य रहेको रातो आलुको भाउ आइतबार किलोमा ५ रूपैयाँ बढेर ७५ देखि ८० रूपैयाँ प्रतिकिलो छ।
सेतो आलुको भाउ स्थिर रही ६० देखि ६५ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
कालीमाटीमा भारतीय सुकेको प्याजको भाउ पनि स्थिर छ। यसको भाउ १२० देखि १२५ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
गाजरको भाउ किलोमा १० रूपैयाँ बढेर १५० देखि १६० रूपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।
बन्दाको र काउलीको भाउ किलोमा १० रूपैयाँ बढेको छ। आज बन्दाको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ भने काउली १०० देखि १२० रूपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ।
लाम्चो भन्टा पनि १० रूपैयाँ महँगिएर किलोको ४० देखि ५० रूपैयाँ पुगेको छ।
मकै बोडीको भाउ १० रूपैयाँ बढेर प्रतिकिलो ६० देखि ७० रूपैयाँ तोकिएको छ।
मटरकोशा २० रूपैयाँ महँगिएर किलोको १०० देखि १२० रूपैयाँ तोकिएको छ।
यस्तो छ आज अरू तरकारीको भाउः