बाम गठबन्धनका बिरुद्ध उदयपुर–२ मा उम्मेदवारी दिएका एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले आफ्नो उम्मेदवारी पार्टीले मात्रै फिर्ता लिन सक्ने बताएका छन्।
आफूलाई पार्टीको आधिकारिक उम्मेदवार बनाइएकोले फिर्ता नलिने खतिवडाले सेतोपाटीलाई बताए।
एमाले–माओवादी सहमति अनुसार माओवादीका सुरेशकुमार राई उदयपुर–२ को उम्मेदवार बनेका छन्।
एमाले अनुशासन आयोगले गठबन्धनका बिरुद्ध बागी उम्मेदवारी बनेका आफ्ना नेता–कार्यकर्तालाई फिर्ता लिन निर्देशन दिएको छ।
पार्टीको आधिकारिक उम्मेदवार भएकोले आयोगको निर्णय आफूलाई लागू नहुने खतिवडाले बताए ।
‘मलाई पार्टीले उम्मेदवार बनाएको हो। सुरेशजीलाई माओवादीले बनाएको हो,’ उनले भने, ‘मेरो उम्मेदवारी मैले होइन पार्टीले फिर्ता लिन्छ। मैले लिएँ भने पार्टीको अनुशासन बिपरित हुन्छ।’