आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कञ्चनपुरमा आज मनोनयन दर्ता सुरू भएको छ।
तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा सबै निर्वाचन कार्यालयहरू भीमदत्तनगरमा स्थापना भएका छन्।
कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले आज बिहान १०ः२० बजे पहिलो उम्मेदवारी दर्ता कर्णबहादुर चन्दले प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताए।
नेकपा (एमाले) कञ्चनपुरका जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारीका जिल्ला अध्यक्षसमेत रहेका चन्दले निर्वाचन क्षेत्र नं ३ को ‘क’ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धनबाट उक्त प्रदेश सभाका लागि प्रकाश रावललाई उम्मेदवार बनाएको छ । पार्टी निर्णयलाई अस्विकार गर्दै चन्द स्वतन्त्र उम्मेदवार बनेका हुन्।