नेकपा एमाले स्थायी समिति बैठक बुधबार पनि जारी छ।
ललितपुरको भैंसेपार्टीस्थित पार्टी उपाध्यक्ष बामदेव गौतम निवासमा बुधबार पनि जारी बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने विषयमा छलफल केन्द्रीत भइरहेको हो।
माओवादी केन्द्रसँग निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति भएपछि एमाले पार्टीको उम्मेदवारको टुंगो लगाउने अन्तिम गृहकार्यमा जुटेको हो । भोलि बिहानसम्म उम्मेदवारीको टुंगो लगाउने एमालेको तयारी छ ।