सहरी विकास मन्त्री दिलनाथ गिरीले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले कुरा जाहेर गरेका हुन्।
दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुसार भोलि उत्साहजनक तरिकाले नोमिनेशन हुने बताउँदै मन्त्री गिरीले भने,‘सरकार चुनाव भयरहित तरिकामा सम्पन्न गर्नको लागि तयारीमा जुटिरहेको छ, आगामी निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि सबैलाई आग्रह गर्दछु।’