कमल थापा नेतृत्वको राप्रपाले पाँच जना नेताहरूको निर्वाचन क्षेत्र टुंगो लगाएको छ।
राप्रापाको केन्द्रीय कार्य सम्पादन समिति बैठकले प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचन हुने पाँच क्षेत्रमा उम्मेदवार टुंगो लगाएको हो। जस अनुसार पार्टी अध्यक्ष कमल थापा मकवानपुर १ बाट प्रतिस्पर्धामा उत्रने छन्। कांग्रेससँगको तालमेल अनुसार त्यहाँ थापा संयुक्त उम्मेद्वार हुने छन्।
त्यस्तै महामन्त्री राजेन्द्र लिङ्देन झापा ३ बाट उठ्ने भएका छन्। लिंगदेनको प्रतिस्पर्धा काँग्रेसका कृष्ण सिटौलासँग हुने भएको छ। काँग्रेसको समानुपातिक सूचीमा रहेका सिटौलाले प्रत्यक्ष चुनाव लड्ने भन्दै सूचीबाट नाम हटाएका छन्।
त्यस्तै, राप्रपाले काठमाडौं ७ बाट विक्रम थापालाई उम्मेद्वार बनाउने भएको छ। त्यसैगरी, ओमप्रकाश आजादलाई बाँके २ र दीपककुमार शाहीलाई दैलेख १ बाट उम्मेदवार बनाउने भएको छ।