प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र फरक फरक पानामा छाप्ने विषयमा भएको प्रगति विवरण दिन निर्वाचन आयोगका प्रमुख आयुक्त सहित सबै आयुक्तहरु सर्वोच्च अदालत पुगेका छन्।
उनीहरुसंगै पुगेका उपन्याधिवक्ता घनश्याम अोझाले लिखित जवाफ दर्ता गराएको सर्वोच्च प्रवक्ता नारायण पन्थीले जानकारी दिए।
यसअघि गत बुधबार सर्वोच्चले फरक पानामा मत पत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र बुझाउन आयोगलाई आदेश दिएको थियो।
शनिबार मात्र अदालतको आदेश औपचारिक रुपमा पाएको आयोगले आइतबार नै दुई फरक मत पत्र छाप्ने निर्णय गरेको छ।