नेपाल आयाल निगमका विवादित कार्यकारी प्रमुख गोपालबहादुर खड्का आपूर्ति मन्त्रालयमा तानिएका छन्।
आज बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले खड्कालाई भोलिबाट मन्त्रालय हाजिर हुन पत्राचार गरिएको मन्त्रालयका सहसचिव मुकुन्द प्रसाद पौड्यालले जनाएका छन्।
आयल निगमको इन्धन भण्डारण बढाउन जग्गा खरीद गर्ने क्रममा भएको अनियमिततामा मुछिएको भन्दै खड्कालाई असोज २ गते सरकारले बर्खास्त गरेको थियो।
तर सफाइको मौका नदिई बर्खास्त गर्नु गलत भएको भन्दै सर्वोच्चले सरकारको निर्णय उल्ट्याउँदै खड्कालाई काममा फर्किन भने पछि उनी निगममै फर्केका थिए।
तत्कालिन संसदीय समितिले जग्गा खरीद प्रक्रियामा खड्कको प्रत्यक्ष संलग्नतामा भ्रष्टाचार भएको ठहर गरेको थियो।
यस अघि मन्त्रालयले निर्वाचन आचारसंहिता लागिसकेकाले निर्वाचन आयोगसँग खड्काको सरुवाको अनुमती मागेको थियो।
आयोगले तिहारअघि नै सरुवाको स्वीकृति दिएकोमा मन्त्री परिवर्तन हुँदा खड्काको सरुवामा ढिलो हुन पुगेको मन्त्रालयका प्रवक्ता समेत रहेका पौड्यालले बताए।