नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग पार्टी एकीकरण गर्ने उद्देश्यका साथ चुनावी तालमेल गरिएको स्पष्ट पारेका छन्।
अध्यक्ष दाहालले मुलुकको आवश्यकता र संविधान, कानून अनुसारनै एमालेसँग पार्टी एकीकरण गर्न लागिएकाले चुनावी परिणामले त्यसमा कुनै असर नपार्ने पनि स्पष्ट पारे।
सोमबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीमाझ उनले चितवनका जनताको विश्वासको मत लिएर आफूले देशको नेतृत्व लिन चाहेको पनि बताए।
अध्यक्ष दाहालले अब प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुनेमा शंका गर्ने ठाउँ नरहेको पनि बताए।