सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले एक दलीय तानाशाह अन्त्यका लागि लोकतन्त्रवादी एक ठाउँमा संगठित हुनुपर्ने बताएका छन्।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे।
वाम गठबन्धनका नाममा नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने दलसँग काँग्रेस विचलित नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे।
उनले मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताए।