प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र फरक फरक पानामा छाप्ने विषयमा भएको प्रगति विवरण दिन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आफैँ अदालत जाने भएका छन्।
निर्वाचन आयोग स्रोतका अनुसार केहीबेरमा प्रमुख आयुक्त यादवसहितको आयोग टोली सर्वोच्च जाँदैछ।
यसअघि गत बुधबार सर्वोच्चले फरक पानामा मत पत्र छाप्ने विषयमा भएको प्रगति विवरण तीन दिनभित्र बुझाउन आयोगलाई आदेश दिएको थियो।
शनिबार मात्र अदालतको आदेश औपचारिक रुपमा पाएको आयोगले आइतबार नै दुई फरक मत पत्र छाप्ने निर्णय गरेको छ।
सोहीबमोजिमको प्रगति विवरण बुझाउन प्रमुख आयुक्त यादव सर्वोच्च जान लागेका हुन्।