झापाको बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटी र उपमेयर पवित्रा महतारा प्रसाईले अर्जुनधारा ११ निवासी बालक लक्ष्मण शिवाकोटीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनको क्रममा भएको अप्रिय घटनाप्रति दु:ख व्यक्त गरेका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गरी गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागि नरेश थापाको हत्या भएको र धेरै सर्वसाधारणलाई घाइते बनाएकोमा मर्माहित भएको जानकारी दिए।
‘स्थानीय सरोकारवालाहरू कै सम्लग्नतामा छानबिन गरिने र दोषीलाई कारबाही गरिने छ’ विज्ञप्तिमा भनिएको छ- ‘यस अवस्थामा धैर्यता र संयमता अपनाउन सम्पूर्ण नगरवासी र शुभेच्छुकहरूमा अपिल गर्दछौँ।’