। ललितपुरको पुल्चोकमा बुधबार बिहान आगो ताप्दै ८६ वर्षीय रत्नमान शाक्य। फागुन दोस्रो साता भइसक्दा पनि काठमाडौं उपत्यकामा बिहानको तापक्रम धेरै बढेको छैन। तस्बिर : निशा भण्डारी/सेतोपाटी
। कीर्तिपुर नयाँबजारमा होलीका टिसर्ट बेच्दै बबिता बस्नेत। बिहीबार र शुक्रबार मनाइने होलीलाई लक्षित गरी बनाइएका यस्ता टिसर्टको मूल्य १५० देखि २५० रूपैँयासम्म पर्छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। पुल्चोकस्थित तारको खम्बामा विद्युतको तार मिलाउँदै नेपाल विद्युत प्राधिकरणका कर्मचारी। तस्बिरः नारायण महर्जन/सेतोपाटी
। बुधबार इचंगुनारायणमा बेच्नको लागि फूल टिप्दै ५० वर्षीया माइली तामाङ। तस्बिर : निशा भण्डारी/सेतोपाटी