। ललितपुर मानभवनमा रहेको निजी घर। यही घरमा ओली र दाहालले वान टु वान वार्ता गर्दै आएका थिए भने बुधबार एमाले स्थायी समिति बैठक पनि यही घरमा बसेको थियो। तस्बिर : नारायण महर्जन/सेतोपाटी
। पाटन दरबार स्क्वायरस्थित कृष्णमन्दिर पुनर्निर्माण गरिँदै। २०७२ सालको महाभूकम्पले क्षति पुर्याएको सो मन्दिरको पुनर्निर्माणको काम सोचेअनुरुप अगाडि बढ्न सकेको छैन। तस्बिर : निशा भण्डारी
। काठमाडौंको महाबौद्धमा ‘मास्क डान्स’ पर्व मनाउँदै तिब्बतीहरू। हरेक वर्ष यसैदिन उनीहरूले सो पर्व मनाउने गरेका छन्। उक्त पर्व मनाए सुख सम्वृद्धि हुने उनीहरूको विश्वास छ। तस्बिर : नारायण महर्जन