आजका तस्बिरहरू-माघ १०
आजका तस्बिरहरू-माघ १०
 बुधबार बिहानदेखि पानी परेकोले छाता लिएर सडकमा हिड्दै सर्वसाधारण। सामान्यतया हिउँदको सुरूवाती महिनामा नै पानी पर्ने भए पनि यसपालि केही ढिलो गरी वर्षा भएको छ। तस्बिर : नारायण महर्जन
आजका तस्बिरहरू-माघ १०
 ताङतिङ-करापुडाँडा-याङ्जाकोट होमस्टे पदमार्गमा भेटिएका दुई बालक पृष्ठभूमिमा अन्नपूर्ण हिमाल। तस्बिरः सुरेन्द्र राना
आजका तस्बिरहरू-माघ १०
 जिल्ला समन्वयन समितिको कार्यालय ललितपुरमा राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारको मनोनय दर्ता सुरू। तस्बिर : रवि महर्जन
आजका तस्बिरहरू-माघ १०
 भक्तपुर दरबारको अवलोकन गर्दै विदेशी पर्यटक । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त दरबार अझै टेकोको भरमा रहेको छ । तस्बिर : रासस
आजका तस्बिरहरू-माघ १०
 पाटनको खोकनामा २०७२ सालको महाभूकम्पले भत्काएको घरको लागि झ्याल बनाउँदै ४० वर्षीय हरि भजन डंगोल। तस्बिर : नारायण महर्जन
आजका तस्बिरहरू-माघ १०
 मलेसियाको वाटुकेभमा मयुरको आकृति तयार गर्दै भारतीय कलाकार । तस्बिर: रासस
आजका तस्बिरहरू-माघ १०
 नेपाली युवाहरू काठमाडौंको टुँडिखेलमा भलिबल खेल्दै। तस्बिर : नारायण महर्जन
आजका तस्बिरहरू-माघ १०
 दोलखाको उच्च हिमाली क्षेत्रमा परेको हिमपात। दोलखाका कालिञ्चोक, गौरीशंकर, शैलुङ्ग, खरिढुंगा च्योर्दुङलगायतका क्षेत्र भारी हिमपातले सेताम्मै भएका छन्। तस्वीर: रासस
प्रतिक्रिया दिनुहोस्