एयर होस्टेज तालिम दिँदै आएको नेपाली कम्पनी फ्लाईटेक इन्टरनेसनल यस वर्षको ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड–२०१७’ मा छनोट भएको छ । विश्व प्रशिद्ध कम्पनीहरुलाई केही वर्षयता प्रदान गरिँदै आएको यो अवार्ड पहिलोपटक नेपालबाट फ्लाईटेक छनोट भएको हो ।
‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’ अवार्डमा विश्वका चर्चित तथा गुणस्तरिय कम्पनीहरु मात्र छनोटमा पर्ने गरेको छन् । यस अवार्डमा कम्पनीहरुलाई गुणस्तरिय, विजनेश टे«ेडमार्क, टेक्नोलोजी र खोजमूलक उत्पादनको आधारमा प्रदान गरिन्छ । यो अवार्ड गुणस्तर, नेतृत्व, योजना र लक्ष्यलगायत १३ विधामा प्रदान गरिँदै आएको छ ।
फ्लाईटेक कुसल नेतृत्व तथा गुणास्तरिय उत्पादन अन्र्तगत अवार्डमा परेको हो । पुतलीसडकमा अवस्थित अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनल एक दशक लामो समयदेखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था हो ।
लामो समयदेखि एयरहोस्टेस उत्पादन गर्दै आएको फ्लाईटेक यसपटक ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’मा परेको फ्लाईटकका प्रबन्ध निर्देशक नाजिर हुसैनले जानकारी गराए । उनका अनुसार यो अवार्ड आगामी आउँदो २१ र २२ अक्टुबरमा फ्रान्सको राजधानी पेरिसमा हुने “बिआईडी इन्टरनेशनल क्वालिटी कन्भेन्सन”मा प्रदान गरिने छ ।