वीर अस्पतालका क्यान्सर बिरामीका लागि किमोथेरापी औषधि प्रदान गर्ने उद्देश्यले ३५ लाखको कोष खडा भएको छ। शाइलकुमार उपाध्याय एण्ड करेनबास ट्रष्टले सो कोषको स्थापना गरी वीर अस्पतालको ट्रमा सेन्टरलाई आज हस्तान्तरण गरेको छ।
कोषबाट आर्थिक अवस्था कमजोर भएका वीर अस्पतालका बिरामीलाई किमोथेरापी औषधि प्रदान गर्नका लागि रकम खर्च गरिने बताइएको छ।
क्यान्सरको उपचार नेपालमा आर्थिक हिसाबले महङ्गो भएको भन्दै ट्रष्टले वीर अस्पतालमा योगदान स्वरुप आर्थिक अवस्था कमजोर भएकाहरुका लागि लक्षित गरेर सहयोग गरिएको जनाएको छ।
श्रीमती विदुषी राणाले काका स्व। शाइलकुमार उपाध्याय र काकी करेन बासको नाममा ट्रष्टको स्थापना गरेकी हुन्। सो अवसरमा राणाले आफ्नो सहयोगबाट कुनै एक जनाको जीवन रक्षा भएमा काकाकाकीको आत्मा खुसी हुने उल्लेख गरिन्। साथै उनले आगामी दिनहरुमा ट्रस्टले अभैm बढी सामाजिक कार्यहरुको योजना बनाउने जानकारी दिइन्।