नेपाली कप्तान सन्दीप लामिछानेले युथ–१९ विश्व कप छनोटअन्तर्गत सिङ्गापुरमा भइरहेको एसियातर्फको छनोट खेलमा २० विकेट पुरा गरेका छन्।
उनले आफ्नो तेस्रो ओभर पुरा गर्ने क्रममा अमर हजलान शुन्यमा आउट गरेपछि सन्दीपको यस प्रतियोगितामा २० विकेट पुरा भएको हो।
उनले मलेसियाविरुद्ध ३ ओभर बलिङ गर्ने क्रममा ४ विकेट प्राप्त गरिसकेका छन्। तेस्रो ओभरमा उनले २ विकेट लिएका थिए। यसअघि प्रतियोगिताको ४ खेलमा उनले १६ विकेट प्राप्त गरेका थिए। जसमा दुई पल्ट उनले ५–५ विकेट लिइसकेका छन्।