एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आैं वर्षमा प्रवेश गरेको छ । मोरङ जिल्ला, विराटनगर
महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंकको नाममा यस बैंकले आफ्नो सेवा प्रारम्भ गरेको थियो ।
२०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडसँग २०७० साल असार १६ गते सो बैंक मर्ज हुन पुगेको थियो ।
बैंक पनि साथी पनि भन्ने मुल मन्त्रका साथ अघि बढिी रहेको यस बैंकले नेपालको ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त पहुँच अभिवृद्धि गर्दै हालसम्म ११९ वटा शाखा कार्यालयहरु, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।
सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्ष भित्र शाखा संख्या २०० भन्दा बढी, ए टी एम संख्या ४०० भन्दा बढी, शाखा रहित बैंकिङ्ग सेवा २०० भन्दा बढी, पीओएस संख्या २,००० भन्दा बढी तथा रेमिट्यान्स पे आउट एजेन्ट संख्या १०,००० भन्दा बढी कायम गर्ने बैंकले जनाएको छ ।
बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ ।
फलस्वरुप गत आर्थिक वर्षमा ति क्षेत्रहरुमा उत्साहजनक नतिजाहरु हासिल गरेको छ । प्रविधिको अधिकतम प्रयोग मार्फत ग्राहकहरुलाई छिटो छरितो तथा सहज सेवा प्रदान गर्ने कार्यमा बैंक अग्र पंक्तिमा रहेको छ ।
यसै क्रममा इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक यस बैंकले उपलब्ध गराइसकेको छ ।
विद्युतीय बैंकिङ ई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकहरुलाई नविनतम् सुविधाहरु प्रदान गर्न बैंक कटिबद्ध रहेको प्रमुख सूचना अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।
यसै क्रममा पूर्णतया अनलाइन एएसविए, प्रणाली मार्फत शेयर आवेदन, पूर्णतया अनलाइन खाता खोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतीको लागि स्कोर कार्ड मोडललागु गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथाकर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी समेत भैरहेको न्यौपानेले बताए।