धितोपत्र बाँडफाँडमा नयाँ निर्देशिकाअनुरुप पहिलो पटक हिमालय पावरको आइपिओ बाँडफाँड भएको छ। जसअनुरुप सो कम्पनीमा आवेदन सदर भएका सबैले सेयर पाएका छन्।
निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल १ लाख २९ हजार ३०२ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
३४ हजार ४३० आवेदकले थप १० कित्ता अर्थात २०–२० कित्ता सेयर पाएका छन्। १० ले भाग जाने संख्यामा सेयर बाँडफाँड गरिसकेपछि बाँकी रहेको ५ कित्ताका लागि पुनः गोलाप्रथा गरिएको थियो। जसमा थप १० कित्ता पाउनेलाई समाहित गरिएको थिएन। सो ५ कित्ता सेयर ५ जनालाई १–१ कित्ता थप गरेर अर्थात ११–११ कित्ता दिइएको छ।
कुल १९ लाख ८१ हजार ६७५ कित्ता आइपिओ जारी भएकोमा आवेदन सदर भएका सबैलाई १० कित्ता दिएपछि पुनः दोस्रो पटक १० कित्ताका लागि गोलाप्रथा गरिएको थियो।
नयाँ निर्देशिकाले पुगेमा सबैलाई १० कित्ताका दरले दिने र थप दिन मिल्नेलाई १० कित्ताका दरले दिन सकिने व्यवस्था गरेको छ।