नेपाल प्रहरीले इन्टरनेट विनाको इमेल प्रविधि भित्र्याएको छ। प्रहरी प्रधान कार्यालयले संचार दिवसको अवसर पारेर सो प्रविधि भित्र्याएको हो । यस प्रविधिलाई मिलिटरी स्टाडर्ड प्रवधिको सफ्टवेयर डिफाइनेट प्रविधि पनि भनिन्छ ।
जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गरिने हो भने इन्टरनेट ब्राउज गर्न सकिन्छ। त्यसै गरी इमलेल सर्भ मा जडान गरिने हो भने व्यक्तिगत इमेल ठ्गाना मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ ।
यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ । यस्तै प्रविधि सेनाले पनि अपनाउँदै आएको छ।