साउनको पहिलो दिन सुनको मूल्य बढेको छ। आज प्रतितोला २ सय रुपैयाँले सुन महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज ५३ हजार ५ सय पुगेको छ। यो ९९.९ प्रतिशत शुद्ध सुनको मूल्य हो।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको छ।